ट्रम्प बयान दिन तयार

काठमाडौं, ११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संघीय जाँच ब्यूरो एफ.बि.आईले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न तयार भएका छन् । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एफ.बि.आई.का अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई अन्तर्वार्ता दिन आफू तयार रहेको बताएका हुन् । म्युलरले छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान लिने बताइए पनि मिति भने तय भएको छैन । ट्रम्पले अबको दुईदेखि तीन साताभित्र बयानका लागि अन्तर्वार्ता हुने अनुमान गरेका छन् । एफ.बि.आईले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे छानबिन गरिरहेको छ । छानबिनकै क्रममा एफ.बि.आई प्रमुख जेम्स कोमीलाई गत मे मा पदबाट हटाएपछि राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना भएको थियो ।
त्यसपछि एफबिआई प्रमुख नियुक्त गरिएका एन्ड्रिउ म्याक्केबले पनि ट्रम्प विरुद्धको छानबिन जारी राखेका छन् । कोमीलाई पदबाट हटाएको विषय अमेरिकी चुनावमा रुसी संलग्नताबारे चलिरहेको छानबिनसँग सम्बन्धित थियो कि थिएन भन्ने विषयमा समेत म्युलरले अहिले छानबिन गरिरहेका छन् । -एजेन्सी