चलचित्र पद्मावतको बिरोध गर्दै प्रदर्शन

२०७४ माघ ११ गते, बिहीबार

काठमाडौं, ११ माघ । भारतमा एउटा फिल्मको कारण ८ राज्यमा हिंसा भड्किएको छ भने देशव्यापी बन्दको आब्हान गरिएको छ । बिहिबार रिलिज भएको बलिउड चलचित्र पद्मावतका कारण भारतमा हिंसा भड्केको हो । चलचित्र पद्मावतको बिरोध गर्दै राजपूत संगठनले टायर बलेर प्रदर्शन गरेको छ ।
विरोधका कारण भारतकै आठ राज्यमा हिंसा भएको छ । राजपूतहरुले यो चलचित्रले आफ्नो अपमान गरेर बनाएको भन्दै बिरोध गरेको हो । बिहिबार झण्डै ७ हजार स्क्रिनमा रिलिज भएको यो चलचित्र भारतकै चार राज्यमा भने रिलिज नहुने भएको छ । मध्यप्रदेश, गुजरात, राजस्थान र गोवामा यो चलचित्र हलमा नदेखाइने भएको छ । अन्य क्षेत्रका फिल्महलमा पनि सुरक्षा कडा पारिएको छ । राजपूत करणी सेनाले बिहिबार देशव्यापी बन्दको आब्हान गरेको छ । गुडगांवका अधिकांश स्कुलमा छुट्टी दिइएको छ । – एजेन्सी।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु