भ्रष्टाचारमा पक्राउ परेका व्यक्ति रिहा

२०७४ माघ १३ गते, शनिबार

काठमाडौं, १३ माघ । साउदी अरबमा भ्रष्टाचारको आरोपमा गत नोभेम्बरमा पक्राउ परेका केही शक्तिशाली व्यक्ति रिहा भएका छन् । रिहा हुनेहरुमा एमबीसी टेलिभिजन नेटवर्कका प्रमुख वालिद अल इम्राहिम र शाही अदालतलका पूर्वप्रमुख खालिद अल तुवाइजिरी पनि रहेका छन् । निश्चित रकम तिरेर रिहा भएपनि उनीहरुले तिरेको रकम भने सार्वजनिक गरिएको छैन । नोभेम्बरको अन्त्यतिर रिहा भएका राजकुमार मितेव बिन अब्दुल्लाहले एक अर्ब अमेरिकी डलरभन्दा बढी रकम तिरेर छुटेका थिए ।
भ्रष्टाचारविरुद्धको अभियानमा साउदी राजकुमारहरु, राजनीतिज्ञहरु र धनाढ्य व्यापारी गरी सयौं पक्राउ परेका थिए । साउदी अरबका महान्यायाधिवक्ताले साउदी अरबमा एक दशकयता कम्तीमा एक खर्ब डलर भ्रष्टाचार र सरकारी रकम हिनामिना भएको बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु