अमेरिकालाई फेरि महान् बनाउँदैछौं : ट्रम्प

२०७४ माघ १७ गते, बुधबार

काठमाडौं, १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतभेदहरु पन्छाएर एकै परिवारजस्तो एकजुट हुन अमेरिकी जनतालाई अपिल गरेका छन् । राष्ट्रपति पद सम्हालेयता पहिलोपटक अमेरिकाको दुवै सदनको संयुक्त बैठकलाई बुधबार सम्बोधन गर्दै उनले अमेरिकालाई फेरि महान् बनाउन ‘ह्वाइट हाउस’ लागिपरेको जिकिर गरे । सुरक्षित, बलियो र गौरवशाली अमेरिका बनाउन ह्वाइट हाउस लागिरहेको भन्दै उनले ‘अमेरिकी सपनामा बाँच्न यो राम्रो समय भएको’ दाबी पनि गरे ।
‘स्टेट अफ द युनियन स्पीच’ भनिने उक्त सम्बोधन संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा भएको हो । दुवै सदनका सदस्य उपस्थित सम्बोधनमा ट्रम्पले आफ्नो कार्यकालमा भएको कर कटौतीको विषयलाई उपलब्धि भन्दै त्यसले मध्यमवर्गका अमेरिकीलाई राहत दिएको जिकिर गरे । उनले संसदमा विचाराधीन आप्रवासनसम्बन्धी मुद्दामा रिपब्लिकन र डेमोक्र्याट्ससँग मिलेर काम गर्न चाहेको पनि उल्लेख गरे । पहिलो वर्षको कार्यकालमा राष्ट्रपतिले आफ्नो मन र मस्तिष्क दुवैले शासन गर्नुपर्दो रहेछ भन्ने पनि आफूले सिकेको उनले बताए । उनले ओबामा प्रशासनले बन्द गराएको ग्वान्तानामो बन्दीगृह फेरि खोल्ने घोषणा पनि गरे । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु