रुसी सैन्य विमान खसालियो

२०७४ माघ २१ गते, आईतवार

काठमाडौं, २१ माघ । सिरियामा रुसी सैन्य विमान जमिनमा खसालिएको छ । विद्रोही नियन्त्रित पूर्वोत्तर इदलिब प्रान्तमा विमान खसालिएको हो । विमान खस्दा पनि सुरक्षित रहेका पाइलटलाई भने जमिनमा आक्रमण गरी मारिएको रुसले जनाएको छ । विमान अलकायदासँग सम्बन्ध रहेको हयात तह्रीर अलशाम नामक समूहले खसालेको बताइएको छ । रुसले यस क्षेत्रमा सहयोगी सिरियाको साथ विद्रोहीमाथि आक्रमण गरिरहेको छ ।
गत डिसेम्बरदेखि सिरियाले रुसी सहयोगमा हवाई आक्रमण गरिरहेको छ । यसै आक्रमणका कारण लाखौं मानिस विस्थापित भएका छन् । २४ घन्टाको बीचमा रुसले थुप्रैं पटक हवाई आक्रमण गरेको पनि बताइएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु