ड्रोन आक्रमणवाट तालिवानका बरिष्ठ नेता मारिए

२०७४ फाल्गुन १ गते, मंगलवार

काठमाडौं, १ फागुन । अमेरिकाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानी तालिवानका बरिष्ठ नेता खालिद मेहसुदको मृत्यु भएको छ । अफगानिस्तानको सीमानजिकै उत्तरी वजिरिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा परी तेहरिक-इ-तालिवान पाकिस्तान (टीटीपी)का उपनेता खालिद मेहसुदको मृत्यु भएको हो ।
टीटीपीका एक पवक्ताले पनि उपनेता मेहसुदको मृत्यु भएको पुष्टि गरेका छन् । मेहसुदको मृत्युपछि पाकिस्तानी तालिवानलाई थप कमजोर बनाएको छ ।
टीटीपी दर्जनौं आत्मघाती र अन्य आक्रमणमा संलग्न रहँदै आएको छ । उनकै कमाण्डमा गत डिसेम्बरमा पाकिस्तानको पेशावरस्थित एउटा क्याम्पसमा आक्रमण गर्दा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए । मेहसुदको मृत्युपछि टीटीपीका लडाकूहरु छिमेकी मुलुक अफगानिस्तानमा शरण लिन बाध्य भएको पाकिस्तानी अधिकारीहरुले दाबी गरेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकामा आँधी : २५ जनाको मृत्यु

२०८२ जेष्ठ ५ गते, आईतवार

ट्रम्पलाई सर्वोच्च अदालतको अंकुश

२०८२ जेष्ठ ४ गते, शनिबार

रुस र युक्रेनबीच वार्ता हुँदै

२०८२ जेष्ठ २ गते, बिहीबार