१६ महिलालाई मृत्युदन्ड

२०७४ फाल्गुन १४ गते, सोमबार

काठमाडौँ, १४ फागुन । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदन्डको सजाय सुनाएको छ । इराकको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताएका छन् । इराकको सर्वोच्च न्याय परिषदका प्रवक्ताकाअनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । न्यायाधीशकाअनुसार ती महिलाहरूले आइएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन् । ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरुलाई कालो पोसाकमा गत आइतबार बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएको थियो । ती १६ महिलामध्ये चारजनाको स–साना बालबालिका पनि रहेका जनाइएको छ ।
आइएस लडाकूहरुको आफन्त भएको आशंकामा कम्तीमा ५६० जना महिला र ६०० बालबालिका इराकमा पक्राउ परेका ‘एएफपी’ समाचार समितिले जानकारी दिएको छ । सजाय सुनाइएकामध्ये एक महिलाले आइएस लडाकूहरूसँग इराकी फौजविरूद्ध आफूले लडाइँ गरेको न्यायाधीशसमक्ष स्वीकार गरेकी अदालतका एक अधिकारीले बताएका छन् । सन् २०१७ मा मोसुल सहरका लागि भएको लडाइँमा लडेको आरोपमा गत जनवरीमा एकजना जर्मन महिलालाई मृत्युदन्ड सुनाइएको थियो । यसै महिनाको सुरूतिर पनि टर्कीकी एक महिलालाई मृत्युदन्ड दिइएको थियो भने अरू १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको पनि जनाइएको छ ।- रासस/सिन्ह्वा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकामा आँधी : २५ जनाको मृत्यु

२०८२ जेष्ठ ५ गते, आईतवार

ट्रम्पलाई सर्वोच्च अदालतको अंकुश

२०८२ जेष्ठ ४ गते, शनिबार

रुस र युक्रेनबीच वार्ता हुँदै

२०८२ जेष्ठ २ गते, बिहीबार