ह्वाइट हाउस अगाडि आत्महत्या

२०७४ फाल्गुन २० गते, आईतवार

काठमाडौं, २० फागुन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि एक युवकले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् । वासिङ्टनस्थित ह्वाइट हाउस अगाडिको भिडभाड हुने क्षेत्रमा पुगेका ती युवकले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । भीडको बीचमा गोली चलेको आवाज आएपछि भागदौड मच्चिएको थियो । घटनामा अन्य कुनै मानविय क्षति नभएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
ती युवकको पहिचान भए पनि नाम भने सार्वजनिक गरिएको छैन । घटनाको समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भने ह्वाइट हाउसमा नरहेको जनाइएको छ । घटनबारे छानबिन भइरहेको अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु