क्याटलोनियामा प्रदर्शन चर्कियो

२०७४ चैत्र १२ गते, सोमबार

काठमाडौं, १२ चैत । स्पेनको क्याटलोनिया राज्यका पूर्वनेता कार्लस पुज्डमोनलाई जर्मनीमा पक्राउ गरिएपछि क्याटलोनियामा प्रदर्शन चर्किएको छ ।प्रदर्शनकाक्रममा प्रहरीसँगको भएको झडपमा कम्तीमा ८९ जना घाइते भएका छन् । चारजनालाई पक्राउ गरिएको छ । बेल्जियमतर्फ जानेक्रममा डेनमार्कको सीमा पार गरेपछि पुज्डमोन युरोपियन पक्राउ पुर्जीका आधारमा पक्राउ परेका हुन् । उनी गत बिहीबारदेखि फिनल्यान्ड भ्रमणमा थिए । स्पेनमा राज्यद्रोह गरेको आरोपमा पुज्डमोन खोजीको सूचीमा थिए । गत अक्टोबरमा स्पेनबाट क्याटलोनिया अलग हुने पक्षमा जनमतसंग्रह गराएयता पुज्डमोन बेल्जियममा स्वनिर्वासनमा थिए । उनीविरुद्धको आरोप प्रमाणित भए उनलाई ३० वर्षसम्मको जेल सजाय हुन सक्नेछ ।
स्पेनले उक्त जनमतसंग्रहलाई अस्वीकार गरेको थियो । जनमतसंग्रहपछि मड्रिड सरकारले क्याटलान क्षेत्रीय संसदलाई बर्खास्त गर्दै प्रत्यक्ष शासन लागू गरेको थियो । त्यहाँ नयाँ चुनाव गराइएको थियो । तर, स्वतन्त्रता पक्षधर दलहरूले झिनो अन्तरले जितेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु