किम जोङ उन चीन पुगेको पुष्टी

२०७४ चैत्र १४ गते, बुधबार

काठमाडौं, १४ चैत । चिनियाँ सरकारी समाचार एजेन्सी सिह्न्वाले उत्तर कोरियाली शासक किम जोङ उन चीन पुगेको पुष्टी गरेको छ । केही दिनको अड्कलबाजीका बीच किम चीन पुगेको प्रमाणित भएको हो । बेइजिङमा चिनियाँ राष्ट्रपति जी शिनपिङले उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गरेको पनि समाचारमा उल्लेख छ । भेटवार्तालाई सफल भएको दावी गरिएको छ ।
यसअघि जापान र दक्षिण कोरियाले यसरी अचानक चीन आएको व्यक्ति किम नै हुनसक्ने आशंका गरेका थिए । जापानी संचार माध्यमहरुले उत्तर कोरियाको कूटनीतिक रेलमार्फत उच्च उत्तर कोरियाली नेतृत्व बेइजिङ पुगेको र यस क्रममा उच्च सुरक्षा सतर्कता अपनाइएको उल्लेख गरेको थियो । किमका बुबा किम जोङ इलले चीन भ्रमण गर्दाको अवस्थासँग दाँज्दै उत्तर कोरियाली रेलको तस्वीरसमेत सार्वजनिक गरिएको थियो । किम सन् २०११ मा सत्तामा आएपछि किमको यो पहिलो विदेश भ्रमण मानिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु