मलाला पाकिस्तान फर्किइन

२०७४ चैत्र १५ गते, बिहीबार

काठमाडौं, १५ चैत । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई ६ वर्षपछि पहिलो पटक पाकिस्तान फर्किएकी छन् । सन् २०१२ मा तालिवान लडाकूले गोली प्रहार गरेपछि उनी बेलायतको बर्मिङघममा बस्दै आएकी थिइन् । बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एक जना बन्दुकधारीले उनलाई गोली प्रहार गरेका थिए । मलाला हाल २० वर्षकी भएकी छन् । कडा सुरक्षाबीच इस्लामावादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा उनी आफ्ना बाबुआमासँगै देखिएकी हुन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै’ युसुफजाइको भ्रमणसम्बन्धी विस्तृत विवरण गोप्य राखिएको छ । युसुफजाइले प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग भेटवार्ता गर्ने बताइएको छ । लडाकुहरूको दमनका माझ बालिका शिक्षाकी एक प्रखर अभियानकर्मी युसुफजाइमाथि १५ वर्षकी छँदा उनी चढेको स्कूल बसमाथि आक्रमण गरिएको थियो । सन् २०१४ मा नोबेल शान्ति पुरस्कार जितेपछि युसुफजाइले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनसँगै शिक्षासम्बन्धी अभियान पनि जारी राखेकी छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु