रुसले ५९ कूटनीतिज्ञलाई देश निकाला गर्ने

२०७४ चैत्र १८ गते, आईतवार

काठमाडौं, १८ चैत । रुसले थप २३ देशका ५९ कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो । पछिल्लो समयमा विश्वका थुप्रैं देशले रुसी कूटनीतिज्ञलाई निस्कासन गरेको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको जनाइएको छ । दुई बेलायती नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोपमा अमेरिकाले ६० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय लिएको थियो । त्यसैको जवाफमा रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको थियो ।
त्यसपछि अहिले फेरि रुसी विदेश मन्त्रालयले अरु देशका कूटनीतिज्ञलाई पनि देश निकाला गर्ने घोषणा गरेपछि रुस र बाँकी विश्वबीच कूटनीतिक सम्बन्धमा थप कटूता उत्पन्न हुने देखिएको छ । रुसका पूर्वकूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उनकी छोरी युलिआको हत्या प्रकरणमा रूस नै दोषी रहेको आरोप लगाउँदै अमेरिकासहितका केही देशले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेका थिए ।
यसै विषयमा विश्वका २४ राष्ट्रले एक सयभन्दा बढी रूसी कूटनीतिज्ञलाई फिर्ता पठाएपछि रुष्ट बनेको रुसले पनि पछिल्लो निर्णय लिएको हो । फिर्ता जान भनिएकामा अष्ट्रेलिया, अल्बानिया, जर्मनी, डेनमार्क, इजरायल, स्पेन, इटली, क्यानडा, लाट्वीया, लिथुआनीया, मसेडोनीया, मोल्दोवा, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, युक्रेन, फिनल्याण्ड, फ्रान्स, क्रोएसिया, चेक गणतन्त्र, स्विडेन र स्टोनियालगायत देशका कूटनीतिज्ञ छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु