सिरियामा नरसंहार रोक्न आह्वान

२०७४ चैत्र १९ गते, सोमबार

काठमाडौं, १९ चैत । ईष्टर पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै धर्मगुरु फ्रान्सिसले सिरियामा जारी नरसंहार रोक्न आह्वान गरेका हुन् । उनले दक्षिण सुडान तथा प्रजातान्त्रिक गणतन्त्र कंगोका मानिसको घाउ पनि निको पारिदिन ईश्वरसँग प्रार्थना गर्ने बताएका छन् । उनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गराउनका लागि वार्ता गर्न पनि आह्वान गरे । पोप फ्रान्सिसले आफूले दिएको सन्देशको शक्तिले अभावको सामना गरिरहेकाहरूलाई आशा दिने दाबी गरेका छन् ।
भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स स्क्वायरमा हजारौँ मानिस पोप फ्रान्सिसको सन्देश सुन्न भेला भएका थिए । क्याथोलिक इसाईहरुका सर्वोच्च धर्मगुरु चुनिएयता पोप फ्रान्सिसले सिरियामा जारी द्वन्द्वको खुलेरै निन्दा गर्दै आएका छन् । सम्बोधनका क्रममा पोपले यमन तथा सारा मध्यपूर्वमा विभाजन र हिंसाको स्थान संवाद र आपसी सद्भावले लिन सकोस् भन्ने आफूले चाहेको बताए । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु