चीनले भन्सार बढाएकोमा अमेरिकाद्वारा आलोचना

२०७४ चैत्र २० गते, मंगलवार

काठमाडौं, २० चैत । चीनले अमेरिकाबाट आयात गरिने वस्तुको भन्सार शुल्क वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ । अमेरिकाले चीनबाट निर्यात गरिने सामग्रीमा भन्सार दर बढाएपछि चीनले पनि यस्तो कदम चालेको हो । ह्वाइट हाउसले विज्ञप्ति जारी गरी बेइजिङले विश्व बजार बिगारेको दोषारोपण गरेको छ ।
चीनले बंगुरको मासु, वाइनलगायतका १ सय २८ अमेरिकी बस्तुमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाएको छ । अमेरिकाले गरेको निर्णयबाट हुने असन्तुलन र आफ्नो हितलाई सुरक्षा प्रदान गर्न यस्तो कदम चालिएको चीनले जनाएको छ ।
चीनको निर्णयबाट अमेरिकालाई करिब ३ अर्ब डलर बराबरको नोक्सानी हुने अनुमान छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी स्टील र आल्मुनियममा कर बढाउने निर्णय गरेका थिए । चीनले अमेरिकासँग ब्यापार युद्ध नचाहे पनि आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने चेतावनी दिइसकेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु