सैनिक विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु
काठमाडौं, २० बैशाख । अमेरिकाको जर्जियामा सैनिकको कार्गो विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अमेरिकी सैनिकको सी १३० विमान दुर्घटनामा मारिनेमा पाँच जना चालक दलका सदस्य र अरु चार जना यात्रु रहेको बताइएको छ । उडान भरेको केही समयमै विमान राजमार्गमा खसेको थियो । नेसनल गार्डहरुको प्रशिक्षणका क्रममा रहेको बिमान दुर्घटनाबारे छानबिन भइरहेको अधिकारीहरुले बताएका छन् ।-एजेन्सी