अनुहार ढाक्ने गरी बुर्का लगाउन प्रतिबन्ध
काठमाडौं , १८ जेठ । डेनमार्कले पुरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ । डेनमार्कको संसदमा भएको मतदानमा ३० का विरुद्ध ७५ भोटले विधेयक पारित भएको हो । अब यससम्बन्धी कानून भने १ अगस्टबाट लागू गरिने छ । कानून उल्लंघन गरेमा १५७ डलर जरिवाना तिनुपर्ने तथा दोहोर्याएमा दश गुणा बढी जरिवाना गरिने छ । यस प्रतिबन्धको बढी असर बुर्का पहिरिने मुस्लिम महिलामा पर्ने छ । डेनमार्कको यस निर्णयको एम्नेष्टी इन्टरनेशनलले भने आलोचना गर्दै यो महिला अधिकारमाथिको पक्षपातपूर्ण उल्लंघन हो भनेको छ ।-एजेन्सी