राष्ट्रपतिमाथि बम हमला

२०७५ असार १० गते, आईतवार

काठमाडौं, १० असार । जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गर्दै गरिएको एउटा बम हमलाबाट उनी मुस्किलले जोगिएका छन् । जिम्बाबेको बुलावायो शहरमा राष्ट्रपतिलाई लक्षित गर्दै भएको बम हमलामा उनी मुस्किलले जोगिएका हुन । ह्वाइट सिटी रंगशालामा भएको र्‍यालीमा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस्कँदै गर्दा उनलाई लक्षित गर्दै बम विस्फोट भएको हो ।
उक्त हमलामा उपराष्ट्रपति केम्बो मोहादीको खुट्टामा सामान्य चोट लागेको छ । त्यसैगरी त्यहाँका केही वरिष्ठ अधिकारीहरु पनि घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगामी जुलाई ३० मा हुन लागेको चुनावी प्रचारका क्रममा बुल्वेओमा भएको कार्यक्रममा उहाँ सहभागी भएकै स्थानमा बम विस्फोट गरिएको हो । मनाङगाग्वा गत नोभेम्वरमा पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई हटाएर सत्तामा आउनुभएको थियो ।
राष्ट्रपतिका प्रवक्ताले विज्ञप्ति जारी गर्दै विगत पाँच वर्षमा राष्ट्रपतिको ज्यान लिने प्रयासहरू पटकपटक भएको बताएका छन् । विस्फोटमा आठ जना घाइते भएका छन् । उनीहरु पनि सामान्य उपचारपछि घर फर्किएको अधिकारीहरुले जनाएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]