डढेलोमा परी २० जनाको मृत्यु, सयौं घाईते

२०७५ श्रावण ८ गते, मंगलवार

काठमाडौं, ८ साउन । ग्रीसका विभिन्न जंगलमा फैलिएको डढेलोमा परी कम्तिमा २० जनाको मृत्यु , सयौं घाईते र ११ को अबस्था गंभिर रहेको अधिकारीहरुले जनाएका छन् । मृत्य हुने अधिकास समुद्र छेउमा रहेको माति रिसोर्टमा फसेकाहरु छन् । डढेलोका कारण ठूलो संख्यामा घर जलेका छन् । मानिसहरु डढेलोबाट बच्न सुरक्षित स्थानको खोजीमा भागिरहेका छन् ।
सयौं अग्नी नियन्त्रकले ढडेलो नियन्त्रणको प्रयास गरेपनि सफल नहुँदा अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिएको छ । जर्मनी, पोल्याण्ड र फ्रान्सले हेलिकप्टरसहित अग्नीनियन्त्रकहरुको टोली पठाएका छन् ।
प्रधानमन्त्री अलेक्सीस सिप्रासले नियन्त्रणका लागि सबै आपतकालीन शक्तिको प्रयोग भैरहेको बताएपनि अग्नीनियन्त्रकहरुले अत्यन्तै कठिन भैरहेको बताएका छन् । एथेन्स् आसपासको डढेलो प्रभावित एट्टीका क्षेत्रमा आपतकालीन अबस्थाको घोषणा गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]