बाँध भत्किँदा २० जनाको मृत्यु, एक सयभन्दा बढी बेपत्ता
काठमाडौं, ९ साउन । लगातारको बर्षापछि आएको पहिरोका कारण लाओसमा एउटा बाँध भत्किँदा २० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी बेपत्ता भएका छन् । लाओसको आतापेउ इलाकामा रहेको छेपियान छे नामक बिद्युत बाँध भत्कंदा उनीहरु बेपत्ता भएका हुन् ।
सयौं उद्धारकर्मी परिचालन गरिएको छ । यसअघि आएको बाढी र पहिरोले ६ वटा गाउँ नै बगाएको थियो । जसका कारण ६ हजार ६ सय परिवार बिस्थापित भएका थिए ।
यसैबीच लाओसका प्रधानमन्त्री थोङलोउनले घटनास्थलको निरीक्षण गरी उद्धारलाई तीब्रता दिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन । उता, बाढी प्रभावितका लागि उचित राहतको ब्यबस्था मिलाइएको भन्दै लाओस सरकारले बाढी पीडितको सहयोगका लागि स्थानीय बासिन्दासमक्ष अपील गरेको छ ।-एजेन्सी