आप्रवासीको प्रवेश रोक्न सेना परिचालन !

२०७५ कार्तिक १३ गते, मंगलवार

काठमाडौं , १३ कार्तिक । अमेरिकाले मेक्सिकोसँगको उत्तरी सीमाबाट आप्रवासीको प्रवेश रोक्न हजारौं सेना पठाउने भएको छ । अमेरिकी रक्षा मन्त्रालाय पेन्टागनले मध्य अमेरिकी आप्रवासी रोक्न ५ हजार २ सय सेना पठाउने जनाएको छ । अमेरिकाले सीमामा खटाउन लागेको सेनाको संख्या सिरिया र इराकमा तैनाथ अमेरिकी सेनाको संख्याभन्दा धेरै रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई सीमामा सेनाले कुरेर बसिरहेको बताएका छन् । गत अप्रिल यता मेक्सिकोसँगको सीमामा अमेरिकाले २१ सय नेसनल गार्ड परिचालन गरिसकेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा सेना परिचालन गरेर भए पनि आप्रवासी रोक्ने बताइसक्नु भएको थियो । गत राष्ट्रपतीय चुनावमा अमेरिकी राजनीतिक दलहरु आप्रवासीको मुद्धालाई लिएर विभाजित थिए । ट्रम्प आप्रवासी रोक्नुपर्ने पक्षमा उभिनु भएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]