कमला ह्यारिसले राष्ट्रपतीमा उम्मेदवारी दिने

२०७५ माघ ८ गते, मंगलवार

काठमाडौं , ८ माघ । अमेरिकी सिनेटर कमला ह्यारिसले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।डेमोक्रेटिक पार्टीतर्फबाट उनले उम्मेदवारी घोषणा गरेकी हुन् । अमेरिकी मूल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नुपर्छ भन्ने पक्षमा उभिँदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको बताइन् । सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।
सान फ्रान्सिस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि रहीसकेकी उनी दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकी थिइन । अमेरिकामा झन्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुँदै छ । त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]