भेनेजुएलाद्धारा अमेरीकी सहायता अस्वीकार

२०७५ माघ २५ गते, शुक्रबार

काठमाडौं, २५ माघ । अमेरिकाले भेनेजुएलालाई उपलब्ध गराएको मानवीयता सहायता बोकेका लरीहरु कोलम्बियाको सीमासम्म पुगेका छन् । अमेरिकाले उपलब्ध गराएको खाद्यान्न र औषधि बोकेका लरीहरु कोलम्बिया सुरक्षाकर्मीले स्कर्टिङ गरेर सीमा क्षेत्रमा पु¥याएका हुन् । भेनेजुएलाका अधिकारीहरुले अमेरिकाले पठाएको मानवीय सहायता अस्वीकार गर्दै ती लरीलाई सीमा क्षेत्रमै रोकिदिएका छन् । अमेरिकी सहायता सामाग्री बोकेका लरी प्रवेश गर्न नसकून् भन्ने उद्देश्यले मुख्य मार्गमा सेनाले कन्टेनर राखेर सडक अवरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ठूलो मात्रामा मानवीय सहायता बोकेका लरीहरु अहिले सीमा क्षेत्रमै रोकेर राखिएको छ । भेनेजुृएलाका राष्ट्रपति निकोलस् मादुरोले अमेरिकी सहायता अस्वीकार गर्ने घोषणा गरेपछि ती सामग्री सीमामै रोकिएको हो । सीमामा पु¥याइएको मानवीय सहायता कसरी वितरण गर्ने भन्नेमा अन्योल छ । भेनेजुएलाको सेनाले समेत समर्थन गरिरहेका राष्ट्रपति मादुरोले सहयोग अस्वीकार गर्ने घोषणा गरेपछि सामग्री वितरण गर्नेमा अन्योल देखिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]