फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु

२०७५ माघ २६ गते, शनिबार

काठमाडौं,२६ माघ । ब्राजिलको एउटा फुटबल क्लबमा गए राति भएको आगलागीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । देशकै सबै भन्दा ठूलो क्लब फ्लेमेगोमा आगलागी हुदा ६ खेलाडी सहित ४ कर्मचारीको समेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । युथ ट्रेनिगं सेन्टरमा आगलागी भएको थियो ।
रियो दि जेनेरीयो स्थित सेन्टरमा भएको उक्त घटनामा अन्य तीन जना घाईते भएका छन् । स्थानीय समय अनुसार ५ बजेर १० मिनेटमा शुरु भएको आगो करीब २ घण्टा पछि मात्रै नियन्त्रणमा आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]