विश्वकै दुर्लभ ‘ओरफिस’ फेला पर्यो

२०७५ फाल्गुन ९ गते, बिहीबार

काठमाडौं, ९ फागुन । जापानका एक माझीले ओकिनवा टापुमा माछा मार्ने क्रममा दुर्लभ माछा ओरफिस फेला पारेका छन् । ३.६ मिटर र ४ मिटर लामा दुई ओरफिस टापुको दक्षिण पश्चिम भेगमा जनवरी २८ मा फेला परेका हुन् । लामोसमय देखि जापानमा यी माछाहरुलाई प्राकृतिक विपदको कारण मान्ने गरिन्छ । भित्री समुन्द्रमा पाइने यी माछामध्ये एकको शरिर आधा काटिएको अवस्थामा रहेको माझीले बताए । अर्काे माछा जमिनमा ल्याउने बेला मरिसकेको थियो । ‘योमितन मत्स्य पालन सहकारी संस्था’का सतोमी हिगाले भने, “माछाहरु रहस्यमय एवं सुन्दर थिए ।” हालै जापान र पेरुले आफ्नो समुन्द्रिक क्षत्रमा रहेका मृत ओरफिसहरुलाई सुनामी एवं भुकम्प आउने डरले सफा गरेको थियो । यीनीहरु झण्डै ११ मिटरदेखि १७ मिटरसम्म लामा हुन्छन् । भने करिब २७० किलोसम्म तौल भएका हुन्छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]