चिनिया युआन विश्वकै तेस्राे शक्तिशाली मुद्रा बन्ने !

२०७५ फाल्गुन १९ गते, आईतवार

काठमाडौँ, १९ फागुन । आगामी ५ देखि १० वर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ मुद्रा युआन अझै मजबुत अवस्थामा रहने र विश्वकै तेस्राे शक्तिशाली मुद्रा बन्ने अमेरिकी अर्थ विश्लेषकहरुले बताएका छन् । अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङका अनुसार विश्वव्यापी सञ्चितिमा आगामी ५१० वर्षसम्म युआनको अहिलेकोको अवस्था (दुई प्रतिशत)बाट वृद्धि भई करिब पाँच प्रतिशत पुग्ने देखिएको छ । मुद्रा सञ्चितिमा आउने वृद्धिको अर्थ विश्वभरका केन्द्रीय बैंक र लगानी कोषहरूले सम्पत्ति खरिद गर्दा युआनलाई फाइदा पुग्ने गरी कारोबार हुने देखिएको उनको विश्लेषण छ । उनले त्यतिवेलासम्म बेलायती पाउन्डस्टर्लिङ र जापानी येनलाई पछि पार्दै चिनिया युआन सञ्चितिका हिसाबले विश्वकै तेस्रो शक्तिशाली मुद्रा बन्ने प्रक्षेप्पण गरेका छन् । तर अमेरिकी डलर र यूरो भने युआनभन्दा सधैँ अझै बलिया नै रहने उनको भनाइ छ ।
विश्लेषक सिङको अर्को प्रक्षेपण पनि के रहेको छ भने मुद्रा सञ्चितिमा आफ्नो अवस्थालाई आगामी दुई वर्षभित्रै मजबुत पारिसक्ने दिशामा चीन छ । युआनको विश्व पुँजी बजारमा बढ्दो प्रभावबारेको प्रक्षेपण चीनको वित्तीय अवस्थामा रहेको खुकुलोपनलाई हेरी गरिएको उनको दाबी छ ।पछिल्लो समय चीनले वैदेशिक लगानी भित्राउन शेयर बजार तथा प्रतिज्ञापत्र बजारमा विभिन्न कदमहरू चालेको छ, जसले उसको मुद्रा बलियो बन्दै गएको छ । सञ्चितिलाई थप मजबुत पार्न व्यापारलाई फैलाउने र समुद्रपारको लगानीलाई ठूलो मात्रामा भित्र्याउने चीनको रणनीति रहेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]