अमेरिकामा आँधी, २२ जनाको मृत्यु
काठमाडौं, २० फागुन । अमेरिकाको अलाबामा राज्यको पूर्वी क्षेमा टोनार्ड चक्रवात(आँधी)का कारण २२ जनाको मृत्यु भएको छ । अलाबामा राज्यको ली काउन्टीमा चक्रवातका कारण ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । टोर्नाडोका कारण धेरै घरहरुमा क्षति पुगेको छ । भग्नावशेषमा स्थानीयवासिन्दा समेत फसेको जनाइएको छ । घाइतेहरुको उद्धार गरि अस्पताल लैजाने काम भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । अलाबामाका गभर्नर के आइभीले आउँदा दिनमा मौसम थप खराब हुन सक्ने बताएका छन् । चक्रवातमा हावाको गति २२६ किलोमिटर प्रति घण्टा पुग्ने क्षमता रहेको बताइएको छ ।-एजेन्सी