खामभित्र विस्फोटक पदार्थ !

२०७५ फाल्गुन २२ गते, बुधबार

काठमाडौं, २२ फागुन । लण्डनका दुई विमानस्थल र एक रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेको छ । हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । विप्फोटक पदार्थ भेटिएलगत्तै प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ ।
प्रहरीका अनुसार विष्फोटक सामाग्रीलाई ए फोर आकारको खामभित्र राखिएको थियो । विष्फोटक पदार्थलाई खामभित्र उक्त खाम खोल्ने बित्तिकै आगो लागने तरिकाले राखिएको थियो ।
विष्फोटक पदार्थले कसैलाई हानी भने नर्पुयाएको प्रहरी अधिकारीहरुले बताएका छन् । विष्फोटक पदार्थले उडान र रेलको आवागमनमा पनि असर पुगेको छैन ।
लण्डनका मेयर सादिक खानले लण्डनलाई सुरक्षित बनाउन सहयोग गरेको भन्दै सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।
यसअघि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र पूर्व्विदेशमन्त्री हिलारी क्लिन्टनलाई पनि हुलाकमार्फत विष्फोटक पदार्थ पठाइएको थियो । यद्यपि उनीहरुको ठेगानामा पुग्नु अगावै प्रहरीले जफत गरेपछि सम्भावित क्षति टरेको थियो ।
तर, सीएनएन टेलिभिजन च्यानलको कार्यालयमा त्यस्तै शंकास्पद बस्तु पुगेपछि समाचार कक्ष नै खालि गराउनु परेको थियो । यसलाई ‘पार्सल काण्ड’ भनेर बुझिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]