इथियोपियन एअरलाइन्सको विमान दुर्घटना
काठमाडौं, २६ फागुन । इथियोपियाबाट केन्याको नैरोवी जाँदै गरेको इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान उडान भरेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलका ८ सदस्यसहित १४९ जना यात्रु रहेको बुझिएको छ । दुर्घटनास्थलमा उद्धार कार्य जारी छ । दुर्घटनामा भएको मानवीय क्षतिबारे प्रष्ट भइसकेको छैन । यसैबीच इथियोपियाका प्रधानमन्त्री बबिय अहमदले विमान दुर्घटनाप्रति शोक प्रकट गरेका छन् । – एजेन्सी