पाकिस्तानलाई कब्जा गरेर भारतमा गाभ्ने धम्की
काठमाडौं , ३ चैत । भारत र पाकिस्तानबीच चलिरहेको तनावका बीच एक जना भारतीय नेताले सन् २०२५ भित्र पाकिस्तानलाई भारतमा गाभ्ने भने पछि त्यसले पाकिस्तानीहरुमा आक्रोस पैदा गरेको छ ।
ईन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार राष्ट्रिय स्वयसेवक संघका प्रचारक ईन्द्रेस कुमारले २०२५ पछि पाकिस्तान भारतको हिस्सा बन्ने दावी गरेका छन् ।
शनिबार मुम्बईमा भएको एउटा कार्यक्रममा उनले भने लेखेर राख्नुस् पाच सात साल पछि तपाई लाहौर, रावलपिण्डी,सियालकोटमा घर किन्नु हुनेछ र ब्यापार गर्ने मौका पाउनु हुने छ ।
ईन्द्रेसले अखण्ड भारतको सपना चाडै पुरा हुने भन्दै कैलास मानसरोवर जान चीनको पनि भिस्सा नचाहिने , बंगलादेशमा आफ्नो हातले सरकार बनाएको समेत जिकिर गरे । उनले त्यस समयमा लाहौरमा गएर बैठक बस्ने सपना पनि बाँडे । ईन्द्रेसको यो धम्की पछि पाकिस्तानीहरुमा आक्रोस पैदा भएको छ ।