न्युजील्याण्डद्धारा हतियारमा प्रतिवन्ध लगाउने घोषणा
काठमाडौँ , ७ चैत । न्युजील्याण्डको क्राइष्ट चर्च स्थित मस्जिदमा अष्ट्रेलियाई मुलका बन्दुकधारीले ५० जनाको ज्यान लिने गरी गोली चलाए पछि त्याहा हतियार प्रतिवन्ध लाग्ने भएको छ ।
न्युजील्याण्डका प्रधानमन्त्री जेसिंडा आर्डनले देशमा सबै प्रभारका सेमी अटो हतियारमा प्रतिवन्ध लगाउने घोषणा गरिन् ।
ब्रेटन टेरेन्ट नामका हतियार धारीले गोली बर्षाउदा ती मानिसहरुको ज्यान गएको थियो । ती अभियुक्त अहिले जेलमा रहेका छन् । त्याहा कानुनी रुपमा अनुमति लिएर नागरिकले हतियार बोक्न पाउने व्यवस्था थियो ।
अदालतमा हासेँ अभियुक्त ?
यसैबीच अष्ट्रेलियाई मुलका आम हत्याका अभियुक्त ब्रेटन अदालतको पेशीमा गएर बयान दिनु अघि मुस्कुराएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यत्रो मानिस मारेको र प्रहरीको हिरासतमा रहेको बेला पनि मुस्कान ? यो अचम्मको देखिन्छ । उनले कुनै वकिल चाहिदैन म आफै केस लड्छु समेत भने । उनले आफैलाई फासिष्ट घोषित गर्दै जमानत समेत मागेनन् ।-एजेन्सी