संसारका सबैभन्दा पुराना बैंकहरु
काठमाडौं, ९ चैत । औपचारिक रुपमा बैँकिङ प्रणालीको सुरुवात इटलीबाट भएको पाइन्छ । सन् १४७२ मा इटलीमा संसारकै पहिलो बैँकको स्थापना भएको थियो । त्यपछि मात्र विश्वका सबै मुलुकमा बैंकको आवश्यकता महसुस गरी बैंक खोल्ने काम गरियो ।
बैंकिङ इतिहास रचेका संसारका सबैभन्दा पुराना बैंक
बान्सा मोन्टे डीपस्सी डी सीना ः इटलीको सीना सहरमा अवस्थित यो बैंक संसारकै सबैभन्दा पहिलो बैंक हो । सन १४७२ मा यो बैंकको स्थापना भएको थियो । तत्कालीन समयमा गरिब मानिसहरुको उत्थानका लागि बैंकको स्थापना भएको इतिहास छ । च्यारिटीको माध्यमबाट उकास्ने उद्देश्यले उक्त बैंकको स्थापना भएको थियो ।
बेरेनबर्ग बैंक ः सन् १५९० मा स्थापित यो बैँक जर्मन बैँक हो । जर्मनको हमवर्गमा स्थापना भएको यो बैंक दुई दाजुभाई ह्यान्स र पल बेरेनवर्ग मिलेर खोलेका थिए । कपडाको आयात निर्यात व्यवसाय गर्ने दाजुभाइले खोलेको यो बैंक आर्थिक गतिविधिमा बढी क्रियाशिल भएको थियो । यो बैंक सहकारीको अवधारणाबाट स्थापना भएको इतिहास समेत छ । यो बैंकका कारण तत्कालीन समयमा धेरैले आफ्नो आर्थिक अवस्थाको सुधार गर्न सकेका थिए ।
स्भेरिगेज रिक्सबैंक ः सन १६६८ मा स्वीडेनमा स्थापना भएको यो बैंक संसारकै सबैभन्दा पुरानो केन्द्रिय बैंक हो । यो बैंकको स्थापना भएपछि स्वीडेनमा बैंकिङ विकास भएको थियो ।
सी होर एण्ड को ः संसारकै तेस्रो पुरानो बैंक हो सी होर एण्ड को बैंक । यो बैंकको स्थापना सन् १६७२ मा लण्डनमा भएको थियो । यो बैंकको स्थापना भएपछि लण्डनमा आधुनिक बैंकिङ तथा कागजी नोटको सुरुवात भएको थियो । निजी स्वामित्वमा स्थापना भएको यो बैंक अहिले पनि पारिवारिक रुपमा चलेको छ । अहिले पनि यो बैंक सर रिचार्ड होरको व्यवस्थापनमा सञ्चालन भइरहेको छ ।
मेट्जलर बैंक ः यो बैंक सन १६७४मा जर्मनको फ्र्याङफर्टमा स्थापना भएको थियो । यो बैंकको स्थापना भएपछि जर्मनमा संस्थागत रुपमा बैंकिङ प्रणालीको विकास भएको थियो । यो बैंकको स्थापना व्यापारीक कमपनिको रुपमा बेन्जामिन मेटजलरले स्थापना गरेका हुन। जुन जमर्नको दोस्रो पुरानो बैंक हो भने विश्वमा पाँचौ पुरानो बैंक हो ।