हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप
काठमाडौं, १७ असार । हङकङमा सर्वसाधारणको आक्रमक प्रदर्शन तनाव उत्पन्न गराएको छ । सोमबार चीनलाई हस्तान्तरण गरिएको २२ वर्ष उत्सव मनाउने क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि नै आक्रमक रुपले सामान्य आक्रमण गरेका हुन् । हजारौँ प्रदर्शनकारीहरु विधायिकी परिषदको भवनमा जबरजस्ती पस्ने प्रयास गरेपछि विरोध उत्पन्न भएको थियो । प्रहरीले सो क्रम रोक्न खोज्दा प्रदर्शनकारीले नाली सफा गर्ने तरल पदार्थ प्रहरीमाथि प्रहार गरेर आक्रमण गरेको हो । प्रहरी र पदर्शनकारीबीच झडपका क्रममा विधायिकी परिषदको भवन सिसाहरु फुटेका छन् ।
प्रहरीमाथि आक्रामक रुपमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास, लाठी एवं पीपर स्प्रे प्रहार गरेको छ ।यसअघि हङकङमा दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा ¥यालीमा सहभागी भएका थिए ।
प्रदर्शन विधेयकको विरोधमा भएको हो । सो विधेयकमा हङकङमा बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव थियो । तर यस्को विरोधमा प्रदर्शनकारीहरु आक्रमक रुपमा देखिएका थिए । यद्यपि प्रदर्शनकारीहरूले सरकारलाई माफी माग्न र प्रस्तावित विधेयक निलम्बन गर्न बाध्य पारेका थिए ।
हङकङ सरकारले यो विधेयक फिर्ता लिएको छ । विवादास्पद विधेयकमा हङ्कङ सन् १९९७ यता ‘एक देश, दुई प्रणाली’ अन्तर्गत चीनको अंगको रुपमा रहेको छ । तर बेइजिङको समर्थनमा पहिलो पटक १ लाख ६५ हजार मानिसहरुको ठुलो प्रदर्शन पनि हङकङमा भएको थियो । बेइजिङ समथृनमा रहेकाहरुले समेत यो विधेयकको विरोध गरेका थिए ।-एजेन्सी