फुड फेस्टिभवमा गोली चल्दा तीनको ज्यान गयो, दस जना घाइते
काठमाडौं, १३ साउन । अमेरिकाको क्यालिफोर्नियामा फुड फेस्टिभलमा एक बन्दुकधारीले गोली प्रहार गर्दा तीन जनाको ज्यान गएको छ । गिलरोय गार्लिक फेस्टिभलमा भएको सो गोलीकाण्डमा थप दस जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तीस वर्ष जतिका गोरो व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सामाजिक सञ्जालहरुमा पोस्ट गरिएको भिडियोहरुमा मानिसहरु भागाभाग गरेको देखिन्छ । घटनास्थल सान जोसबाट तीस किलोमिटर दक्षिणमा रहेको बताइएको छ । प्रहरीले बन्दुधकारी अझै सक्रिय रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै मानिसले सुरक्षित र सचेत रहन आग्रह गरेका छन् ।-एजेन्सी