उत्तर कोरीयाद्वारा २ वटा क्षेप्यास्त्र प्रहार

२०७६ श्रावण १७ गते, शुक्रबार

काठमाडौं, १७ साउन । उत्तर कोरीयाले छोटो दूरीको क्षेप्यास्त्र दुई पटक प्रहार गरेको छ । स्थानीय समय अनुसार शुक्रबार बिहानै देशको पूर्वी तटीय क्षेत्रमा दुई पटक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरियाको सेनाका जोइन्ट चीफ एप स्टाफ (जेसीएस) का अनुसार स्थानीय समय अनुसार विहान ०२:५९ र ०३:२३ मिनेटमा उक्त क्षेप्यास्त्र सी अफ जापानमा खसेका थिए । उक्त क्षेप्यास्त्र परीक्षणहरूलाई अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाको रूपमा लिइएको छ।
यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्ला परीक्षणहरू छोटो दूरीका र निकै सामान्य भएको भन्दै त्यसबाट आफू चिन्तित नभएको बताएका छन्। बुधबार पनि उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्रले २५० किलोमिटर दूरी पार गरेको दक्षिणले बताएको थियो। उसका अनुसार ती अघिल्ला भन्दा फरक खालका क्षेप्यास्त्र थिए। जुलाई २५ मा उत्तरले गरेका दुईवटा क्षेप्यास्त्र परीक्षणमध्ये एउटाले ६९० किलोमिटर दूरी पार गरेको थियो।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]