चर्चभित्र अन्धाधुन्ध गोली प्रहार !
काठमाडौं , १४ पुष । अमेरिकाको टेक्सासस्थित फ्रिवे चर्च अफ क्राइस्टमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको छ । आइतबारका दिन सो चर्चमा करिब २८० जना मानिसहरु भेला हुने गर्छन् । यो गोलीकाण्डमा भएको जनधनको क्षतिबारे अहिलेसम्म यकीन जानकारी सार्वजनिक भइसकेको छैन । चर्चको कार्यक्रम इन्टरनेट सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहेकै बेला बन्दुक आक्रमण भएको थियो । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार गोली चलाउन थालेको ६ सेकेण्डभित्रै चर्चका सुरक्षागार्डहरुले आक्रमणकारीमाथि गोली चलाएका थिए । चर्चमा पुगेर सो आक्रमणकारीले किन गोली चलायो भन्नेबारे अहिलेसम्म एकीन हुन सकेको छैन । बन्दुकधारीलाई गोली हानेर मारिदिने चर्चका सुरक्षाकर्मीहरुको प्रशंसा गरिएको छ । -एजेन्सी