ट्रम्पद्वारा ईरानलाई चेतावनी : जुन बेला पनि आक्रमण गर्न सक्छौँ
काठमाडौं , २० पुष ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन । ईरानले कोही अमेरिकी नागरिक र अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने उसमाथि ‘निकै छिटो र निकै मजबुत तरिका’ बाट आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका हुन् ।
ईरानको कुद्स फोर्सका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो बयान आएको हो । यो घटनापछि ईरानले सही समय र सही ठाउँमा यसको बदला लिने बताएको छ । -एजेन्सी