कोरोना भाइरसबाट १७ काे ज्यान गयाे
काठमाडाैँ, ९ माघ । चीनमा श्वासप्रश्वास सम्बन्धी नयाँ राेग उत्पन्न गराउने काेराेना भाइरसका कारण मर्नेकाे संख्या १७ पुगेकाे छ । सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहर नै शिलबन्दी गरिदिएका छन् । त्यस सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने र बाह्य सम्पर्क कम गर्ने निर्णय गरेका छन् ।
चीनको वुहानमा मात्रै ५०० मानिसहरुमा यो भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण वुहानबाट अन्यत्र फैलिइसकेको छ । चीन सरकारले मानिसबाट मानिसमा सर्ने यो भाइरस रोकथामका लागि नयाँ वर्ष अर्थात लुनारमा यात्रा गर्न प्रतिबन्ध नै लगाइदिएको हाे । लुनारमा करोडौं मानिसहरु देशभित्र र बाहिर यात्रामा जाने गर्छन् ।
कोरोना भाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट मानिसमा संक्रमण सुरु भएको अधिकारीहरूले बताइरहेका छन् । अहिले उनीहरूले संक्रमण राेक्न वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन् ।
बिबिसीका अनुसार त्यहाँ बिहीवार बिहानदेखि लागु हुने नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा कार्यान्वयनमा आउन लागेको हाे । यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन् । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन् । उनले अहिले एक टोलीले चीनमा आवश्यक प्रमाणहरू जुटाइरहेको बताए ।-एजेन्सी