कोरोना भाइरसबाट डाक्टरको ज्यान गयो !
काठमाडाैँ, ११ माघ । चीनमा नयाँ भाइरस कोरोनाबाट एक डाक्टरको पनि ज्यान गएको छ । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको ज्यान गएको हो। हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण ज्यान गएको जनाइएको छ ।
कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेकका डाक्टर लियाङको ज्या गएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ । डाक्टरको ज्यान गए संगै चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या ४२ पुगेको छ। त्यस्तै एक हजार २ सय भन्दा बढीमा भाइरसको संक्रमण देखिएको तथ्यांक आएको छ । -एजेन्सी