तालिवानद्वारा अमेरिकी सेनाको विमान खसालेकाे दाबी

२०७६ माघ १४ गते, मंगलवार

काठमाडाैँ, १४ माघ । अमेरिकी सैनिकको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनाकाे जिम्मा तालिवानले लिएकाे छ । अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको थियाे । तालिवानको बलियो पकड रहेको घान्जी प्रान्तको देह याक जिल्लामा विमान दुर्घटना भएको हो ।
तालिवानले अमेरिकी सेनाले गुप्तचरीका लागि प्रयोग गरेको विमान दुर्घटना भएको तस्वीर सार्वजनिक गर्दै आफूले खसालेको दाबी गरेको छ । तर, अमेरिकी सेनाका कर्णेल सनी लेगटले भने कुनै पुष्टि नभएको बताएका छन् । तालिबानको सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा अमेरिकी हवाई सेनाको लोगो युक्त विमान जल्दै गरेको देखिएको छ । विमानमा कतिजना सवार थिए भन्ने खुलाइएको छैन । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]