ट्रम्पको सम्बोधन कपी सभामुखले च्यातिदिइन !

२०७६ माघ २२ गते, बुधबार

काठमाडाैँ, २२ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सभामुख न्यान्सी पेलोसीले उनकै अगाडि च्यातिदिएकी छन् । ट्रम्पले संसदका दुबै सभालाई सम्बोधन गर्नु अघि सभामुख पेलोसीको अभिवादनलाई बेवास्ता गरेका थिए । सम्बोधन शुरु हुनु अघि सभामुख पेलोसीले अभिवादनका रूपमा हात मिलाउन खोजे पनि ट्रम्पले त्यसलाई बेवास्ता गरिदिएका थिए। सम्बोधनका क्रममा ट्रम्पले भनेक थिए – ‘मैले पदभार ग्रहण गरेपछि अमेरिकाको अर्थतन्त्रलाई सहि बाटोमा ल्याउन कोसिस गरें। हाम्रो साहसिक अभियानका कारण तेल र प्राकृतिक ग्यासको उत्पादनमा विश्वमा पहिलो स्थानमा आएको छ।’ कोरोना भाइरस समस्याका बारे ट्रम्पले भने, ‘चिनियाँ सरकारसँग समाधान खोज्नका लागि काम गर्दैछौं। मेरो प्रशासनले कोरोना भाइरसबाट नागरिकहरूलाई जोगाउन सबै सम्भव कदमहरू चालेको छ।’
सम्बोधनपछि पेलोसीले राष्ट्रपति ट्रम्पको सम्बोधनको प्रतिलिपी च्यातिदिएकी छन्।

प्रतिक्रियाहरु

[anycomment]