अमेरिकाले तालिवानीसँग शान्ति सम्झौता गर्ने

२०७६ फाल्गुन १७ गते, शनिबार

काठमाडौं , १७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न अफगानिस्तानलाई आग्रह गरेका छन् । अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो धारणा आएको हो । सम्झौतासँगै सुरक्षाको प्रत्याभूति गरेर अमेरिकाले अफगानिस्तानमा रहेको अमेरिकी सैनिक फोर्स फिर्ता लिनसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । पटक पटकको छलफल पनि तालिवन अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको बताइएको छ ।
तालिवानीसँग भोली शनिबार हुने भनिएको हस्तक्षर कार्यक्रममा विदेशसचिव माइक पोम्पेओले सहभागिता जनाउने बताइएको छ । सम्झौताले १८ वर्षदेखि जारी हिंसा अन्त्य हुने अपेक्षा गरिएको छ । तालिवानीहरुसँग हुेन सम्झौताले अफगानिस्तानको युद्ध अन्त्य गरेर आफ्ना सेनालाई घर फिर्ता हुन बाटो खुल्ने राष्ट्रपति ट्रम्प्ले प्रतिक्रिया दिएका छन् ।
विगतमा वार्ताका लागि अमेरिकाले पटक पटक गरेका प्रयास असफल भएपनि तालिवानीहरुको यो निर्णयले शान्ति स्थापना गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ । सम्झौता लगत्तै अफगानिस्तानमा रहेकामध्ये पाँच हजार आफ्ना सेना पहिलो चरणमा फिर्ता लैजाने अमेरिकाको तयारी रहेको छ । सम्झौता सहज रुपमा कार्यान्वयन भए त्यसको केही समयपछि बाँकी रहेका १३ हजार सेना पनि क्रमशः फिर्ता लैजाने अमेरिकाले स्पष्ट पारेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु