कोरोना भाइरसबाट बिरामी परेका ५३ हजार ६ सयभन्दा बढी निको भए

२०७६ फाल्गुन २२ गते, बिहीबार

काठमाडौं , २२ फागुन । काेराेना भाइरसका कारण बिरामी परेका ५३ हजार ६ सयभन्दा बढी पूर्णरूपमा निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओे)को अनुसार बुधबारसम्म ५३ हजार ६ सय ८८ जना पूर्ण रुपमा निको भएका छन् । चीनामा ५२ हजार दुई सय ८, दक्षिण कोरियामा ८८, सिंगापुरमा ७९, ‘डाइमोन प्रिन्सेस’मा २१२, इटालीमा दुई सय ७६, इरानमा पाँच सय ५२, जापानमा ४३, होङकङमा ३७, थाइल्याण्मा ३०, मलेसियामा २२ र अस्ट्रेलियामा २१ जना पूर्ण रुपमा निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
त्यस्तै जर्मनीमा १६, ताइवानमा १२, फ्रान्समा १२, भियतनाममा १६, अमेरिकामा ९, मकाओमा ९, क्यानाडामा ७, भारतमा ३ र युएईमा ५ जना पूर्ण रुपमा निको भएका छन् । स्पेन, ओमन, फिलिपिन्स, रुसमा दुई/दुई जना पूर्ण रुपमा निको भएका छन् भने बराइन, स्वडेन, आइसल्याण्ड, बेल्जियम, इजरायल, फिनल्याण्ड, मेक्सिको, रोमानिया, इजिप्ट, कम्बोडिया, नेपाल, श्रींलकामा एक/एक जना पूर्ण रुपमा निको भएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु