कोरोनाले इटालीमा एकै दिनमा १३३ काे ज्यान लियो , १४ सय भन्दा बढीमा संक्रमण
काठमाडौं, २६ फागुन । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट इलाटीले एकै दिनमा १ सय ३३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुसार आइतबार मात्रै इटालीमा थप १ हजार ४ सय ९२ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यो सँगो इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६६ पुगेको छ भने संक्रमण हुनेको संख्या ७ हजार ३ सय ७५ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
इटालीमा अहिले ६ सय ५० जना जटिल अवस्थामा छन् भने ६ सय २२ जनाको पूर्ण रुपमा निको भएका छन् । इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएइसकेको छ । चीन बाहिर सबै भन्दा धेरै संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखा परेको यस प्रकोपले विश्वका यस भन्दा धेरै देशलाई प्रभाव पारिरहेको छ ।
विश्व बैंकका अनुसार जापान पछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ, र नयाँ कोरोनाभाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ । विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख १० हजार नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ८ सय २८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । – एजेन्सी