कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो
काठमाडौं, १९ चैत । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार नाघेको छ । अहिलेसम्म विश्वभर ८ लाख ५८ हजार ३७१ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख ७७ हजार ९३१ उपचारपछि घर फर्किएका छन् । अहिले ६ लाख ३८ हजार २९४ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ३२ हजार ८९८ जना भने गम्भीर अवस्थामा छन् ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, स्पेन त्यसपछि अमेरिका पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ४२८ पुगेको छ ।
इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८३७ जनाको मृत्यु भएको छ भने ४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । तीमध्ये १५ हजार ७२९ जना पूर्ण रुपमा निको भएका छन् । अहिले ७७ हजार ६३५ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ । संक्रमितमध्ये ४ हजारभान्दा बढीकाे अवस्था गम्भीर रहेको छ ।
अमेरिकामा सबैभन्दा बढी काेराेना संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा १ लाख ८८ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण भएकाे छ । मंगलबार मात्रै अमेरिकामा २४ हजार ७ सयभन्दा बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म अमेरिकामा काेराेनाबाट ३ हजार ८८९ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टाभित्र अमेरिकामा ७४८ जानकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ६ हजार ४६१ जान भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले अमेरिकामा १ लाख ७८ हजारमा काेराेना सक्रिय रहेकाे छ ।
स्पेनमा अहिलेसम्म काेराेनाका कारण ८ हजार ४६४ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ७४८ जनाको ज्यान गएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । स्पेनमा अहिलेसम्म ९५ हजार ९२३ जनामा संक्रमित भएको छन् । तीमध्ये १९ हजार २५९ जना भने पूर्ण रुपमा निको भएका छन् । अहिले स्पेनमा ६८ हजार २०० जनामा कोरोना संक्रिया रहेको छ ।
चीनमा अहिलेसम्म कुल ८१ हजार ५१८ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले २ हजार १६१ जनामा मात्रै कोरोनाको सक्रिय रहेकाे छ । ७६ हजार ५२ भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३५७ जनाको मृत्यु भएको छ भने ७३ हजार भन्दा बढी संक्रमित भएका छन्। पछिल्लो २८ घण्टामा सबैभन्दा बढी इटालीमा ८३७ मृत्यु भएकाे छ । त्यसपछि स्पने ७४८, अमेरिकामा ७४२, जर्मनीमा १३०, फ्रान्स ४९९, इरानमा १४१, बेलायतमा ३८१, स्वीजरल्याण्मा ७४, नेदरल्याण्डमा १७५, दक्षिण काेरियामा ४, बेल्जियममा १९२, अष्ट्रलियामा २०, टर्कीमा ४६, क्यानडामा १२, पाेर्चुगलमा २०, ब्राजितमा ३८ जनाकाे मृत्यु भएकाे छ ।
पछिल्लाे २४ घण्टामा सबैभन्दा बढी संक्रमित अमेरिकामा भएकाे छ । अमेरिकामा ३४ हजार ७३६ संक्रमित भएका छन् । त्यस्तै इटालीमा ४ हजार ५३, स्पेनमा ७ हजार ९६७, जर्मनीमा ४ हजार ९३२, फ्रान्समा ७ हजार ५७८, इरानमा ३ हजार ११०, बेलायतमा ३ हजार ९, टर्कीमा २ हजार ७०४, नेदरल्याण्डमा १ हजार ३९ संक्रमित भएका छन् ।