कोरोना संक्रमितकाे संख्या १० लाख नाघ्याे

२०७६ चैत्र २१ गते, शुक्रबार

काठमाडौं, २१ चैत । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या १० लाख नाघेकाे छ । हाल सम्म कोरोना संक्रमितकाे संख्या १० लाख १५ हजार ४६६ पुगेकाे छ भने काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या भने ५३ हजार १९० पुगेकाे छ ।
संक्रमितमध्ये २ लाख १२ हजार २२९ जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले ७ लाख ५० हजार ४७ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ३७ हजार ६९६ जना भने अवस्था गम्भीर रहेकाे छ । पछिल्लाे २४ घण्टाभित्र नै ८० हजार नयाँ संक्रमित थपिएका छन् ।
कोरोनाको उद्गम स्थल चीन भएपनि अमेरिकामा सबैभन्दा बढी काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या साढे दुई लाख पुगेकाे छ । अमेरिकापछि इटाली, स्पेन र जर्मनीमा बढी संक्रमण भएकाे छ ।
अहिलेसम्म अमेरिकामा २ लाख ४५ हजार काेराेना संक्रमित भएका छन् । तीमध्ये १० हजार ४ सय मात्रै निकाे भएका छन् । अमेरिकामा अहिले २ लाख २८ हजार ५८८ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ५ हजार ४ सय २१ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
वर्ल्डो मिटर्सका अनुसार इटालीमा अहिलेसम्म १ लाख १५ हजरा २४२ जना काेराेना संक्रमित भएका छन् । संक्रमितमध्ये १८ हजार २७८ जना भने निकाे भइसकेका छन् । अहिले इटालीमा ८३ हजार ४९ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ५ हजार ४ सयभान्दा बढीकाे अवस्था गम्भीर रहेको छ ।
स्पेनमा अहिलेसम्म १ लाख १२ हजार काेराेना संक्रमित भएका छन् । तीमध्ये २६ हजार ७४३ जना भने पूर्ण रूपमा निकाे भइरसकेका छन् । अहिले स्पेनमा ७४ हजार ९७४ जनामा काेराेना संक्रिय रहेकाे छ । ६ हजार ९२ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
जर्मनीमा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या ८४ हजार ७९४ पुगेकाे छ । तीमध्ये २२ हजार ४४० जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले जर्मनीमा ६१ हजार २४७ जनामा काेराेना सक्रिय रहेकाे छ । करिब ४ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् ।
चीनमा भने अहिले १ हजार ८६३ जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ। चीनमा कुल ८१ हजार ५८९ जना संक्रमित भएपनि ७६ हजार ४०८ जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु