कोरोनावाट ६४ हजार बढीको मृत्यु , संक्रमितको संख्या १२ लाख नाघ्यो !

२०७६ चैत्र २३ गते, आईतवार

काठमाडौँ, २३ चैत । विश्वभर कोभिड- १९ (कोरोना भाइरस) संक्रमितको संख्या १२ लाख नाघेको पुष्टि भएकाे छ । शनिबार एकै दिन मात्र विश्वभरि ८४ हजार ७८२ नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये सर्वाधिक संक्रमितको संख्या अमेरिकामा रहेको छ । विश्वभर काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ६४ हजार ६७५ पुगेकाे छ । शनिबार मात्रै विश्वभरि ५ हजार ५०१ जनाकाे ज्यान गएकाे छ ।
अमेरिकामा मात्रै कुल ३ लाख ११ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको वल्र्डोमिटर्सले जनाएको छ । त्यहाँ शनिबार एकै दिन हालसम्मकै सर्वाधिक ३४ हजार १५६ जना नयाँ संक्रमित पाइएका छन् । उता स्पेनमा पनि इटलीको भन्दा धेरै संक्रमित पुष्टि भएको छ । त्यहाँ शनिबार ६ हजार ९६९ नयाँ संक्रमित फेला परेकासँगै कुल संक्रमितको संख्या १ लाख २६ हजार १६८ पुगेको छ । इटलीमा पनि शनिबार ४ हजार ८०५ जना नयाँ संक्रमित फेला परेका छन् भने कुल संक्रमित १ लाख २४ हजार ६३२ पुगेको छ ।
त्यसपछि सबैभन्दा बढी संक्रमित पुष्टि हुने देशमा जर्मनी रहेको छ । त्यहाँ ९६ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण फैलिसकेको छ । त्यहाँ हालसम्म १ हजार ४४४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटली रहेको छ । त्यहाँ हालसम्म १५ हजार ३६२ जनाले ज्यान गुमाएका छन् । त्यसपछि स्पेनमा ११ हजार ९४७ को ज्यान गएको छ । अमेरिकामा भने संक्रमित धेरै भए पनि ज्यान गुमाउनेको संख्या ८ हजार ४५२ रहेको छ ।
चीनकाे वुहान शहरबाट सुरू भएकाे काेभिड-१९ महामारी हाल विश्वका प्रायः सबै देशमा फैलिसकेकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । चीनमा भने लामाे समययता संक्रमण र मृत्युदर अत्यन्त न्यून रहेकाे देखिन्छ ।
कोभिड- १९ को संक्रमण नेपालमा पनि दाेस्राे चरणमा प्रवेश गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । पहिलाेपटक १ जनामा स्थानीयस्तरमै संक्रमण पुष्टि भएकाे छ । संक्रमितमध्ये उपचारपछि एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत छन् ।

हेर्नुहाेस् उच्च संक्रमण तथा मृत्यु रहेका १५ देशकाे सूची–

स्राेत: वर्ल्डाेमिटर्स

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु