कोरोनावाट साढे ६९ हजारकाे मृत्यु , १३ लाख संक्रमित
काठमाडौं, २४ चैत । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या १३ लाख नाजिक पुगेकाे छ भने कोरोना संक्रमितकाे संख्या १२ लाख ७२ हजार ९५३ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र नै ७२ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ लाख ६२ हजार ३३१ जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले ९ लाख ४१ हजार १९४ जनामा भने काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ४५ हजार ५८९ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । अहिलेसम्म काेराेना भाइरसका कारण ६९ हजार ४२८ ज्यान गुमाएका छन् ।
कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा काेराेनाकाे संक्रमण भएकाे छ । अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ३ लाख ३६ हजार ६७३ पुगेकाे छ । आइबार मात्रै अमेरिकामा २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये १७ हजार ५९५ निकाे भएका छन् । अमेरिकामा अहिले ३ लाख ९ हजार ४६२ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ७०२ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
अमेरिकापछि स्पेन, इटाली र जर्मनीमा बढी संक्रमण भएकाे छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ३१ हजार ६४६ जना काेराेना संक्रमित भएका छन् । आइतबार मात्रै ५ हजार ४७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ हजार ८० जना भने निकाे भइसकेका छन् । अहिले स्पेनमा ८० हजार ९२५ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ६ हजार ८६१ सयभान्दा बढीकाे अवस्था गम्भीर रहेको छ ।
इटालीमा अहिलेसम्म १ लाख २८ हजार काेराेना संक्रमित भएका छन् । आइतबार त्यहाँ ४ हजार ३१६ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १५ हजार ८८७ जना भने पूर्ण रूपमा निकाे भइरसकेका छन् । अहिले इटालीमा ९१ हजार २४६ जनामा काेराेना संक्रिय रहेकाे छ । ३ हजार ९७७ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
जर्मनीमा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख नाघेकाे छ । तीमध्ये २८ हजार ७ सय जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६९ हजार ८३९ जनामा काेराेना सक्रिय रहेकाे छ । करिब ४ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् ।
फ्रान्समा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या ९२ हजार ८३९ पुगेकाे छ । तीमध्ये १६ हजार १८३ जना भने पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ६८ हजार ५७८ जनामा काेराेना सक्रिय रहेकाे छ । ६ हजार ८३८ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।
चीनमा भने अहिले १ हजार ३७३ जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ । चीनमा कुल ८१ हजार ६६९ जना संक्रमित भएपनि करिब ७७ हजार भने पूर्ण रूपमा निकाे भइसकेका छन् ।