कोरोनाबाट साढे ७४ हजारको मृत्यु , १३ लाख ४३ हजार बढी संक्रमित

२०७६ चैत्र २५ गते, मंगलवार

काठमाडौं , २५ चैत । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट साढे ७४ हजारको मृत्यु र १३ लाख ४३ हजार बढी संक्रमित भएका छन । पछिल्लो तथ्याङ्क अनुसार संक्रमित मध्ये २ लाख ७८ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन् । संक्रमित मध्ये ४७ हजार बढीको अबस्था गंभीर रहेको छ । अमेरिकामा सबैभन्दा बढी ३ लाख ६४ हजार ८ सय ८५ जना संक्रमित छन् भने १० हजार ८ सय ५९ जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय ७५ पुगेको छ । स्पेनमा थप ७ सय जनाको मृत्यु भएपछि मृतकको संख्या १३ हजार ३ सय ४१ पुगेको छ । अर्को यूरोपेली मुलुक इटलीमा १ लाख ३२ हजार ५ सय ४७ जना संक्रमित भएका छन् भने १६ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । त्यहां थप ६ सय ३६ जनाको मृत्यु भएको छ ।
यस्तै, जर्मनीमा १ लाख ३ हजार ३ सय ७४ जना संक्रमित भएका छन् । १ हजार ८ सय १० जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना संक्रमितको संख्या ९८ हजार १० पुगेको छ । मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ । उता इरानमा संक्रमितको संख्या ६० हजार ५ सय र ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमितको संख्या बढेर ५१ हजार ६ सय ८ पुगेको छ । ५ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । भारतमा पनि कोरोनाको प्रकोप बढिरहेको छ ।
त्यहा संक्रमितको संख्या ४ हजार ६ सय ८१ र मृतकको संख्या १ सय ८७ पुगेको छ । पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६६ पुगेको छ । ५३ जनाको मृत्यु भएको छ ।(एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु