कोरोनाबाट ८२ हजारको मृत्यु , १४ लाख २८ हजार संक्रमित

२०७६ चैत्र २६ गते, बुधबार

काठमाडौं , २६ चैत । २ सय भन्दा बढी देशमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण मानिसहरुको ठूलो संख्यामा मृत्यु हुने र संक्रमित हुने क्रम रोकिएको छैन । शुक्रबार एकै दिन विश्वभर ५ हजार बढीको ज्यान गएको छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ हजार २० पुगेको छ । यसै गरी संक्रमितको संख्या १४ लाख २८ हजार नाघेको छ । साथै करीब ३ लाख मानिस निको भएको जोन हप्किन्सको हेल्थ सेन्टरले उल्लेख गरेको छ ।

पछिल्लो समय कोरोनाले अमेरीकामा सबै भन्दा उग्र रुप लिएको छ । त्याहाँ संक्रमितको संख्या ३ लाख ९६ हजार पुगेको छ भने १२ हजार ८ सय ४४ को ज्यान गएको छ । अमेरीकाको पनि न्यूयोर्क राज्य सबै भन्दा बढी प्रभावित छ । कुल मृत्यु संख्या मध्य आधा जति न्यूरोर्कको मात्रै रहेको न्यूयोर्कका गभर्नर एन्ड्रयुले बताएका छन् । अमेरीकामा संक्रमण र मृत्यु अझै बढ्ने चेतावनी स्वास्थ्य अधिकारीहरुले दिएका छन् । यसैबीच अमेरीकाले एशियाली देशहरुमा कोरोनाका कारण थुनिएर रहेका करीब २९ हजार नागरिकलाई १३ वटा बिशेष बिमानबाट स्वदेश लैजाने घोषणा गरेको छ ।
यसै गरी कोरोनाले विश्वमा सबै भन्दा धेरेको ज्यान लिएको छ ईटालीमा । त्याहाँ पछिल्लो तथ्यांक अनुसार १७ हजार एक सय २७ को ज्यान गएको छ भने एक लाख ३५ हजार बढी संक्रमित छन् ।
यस्तै स्पेनमा करीब १४ हजार मानिसको कोरोनाका कारण मृत्यु भएको छ भने एक लाख ४० हजार भन्दा बढी संक्रमित छन् ।
यसै गरी फ्रान्समा मृत्यु हुनेको संख्या १० हजार ३ सय नाघेको छ भने संक्रमितको संख्या पनि एक लाख १० हजार भन्दा माथि छ ।
यस्तै बेलायतमा मृत्यु हुनेको संख्या ६ हजार एक सय भन्दा बढी भएको छ भने संक्रमित करीब ५६ हजार पुगेको छ । त्यहाँका प्रधानमन्त्री बोरीस जोनसोन कोरोना लागे पछि आईसियुमा भर्ना भएका छन् ।
यस्तै जर्मनीमा एक लाख ७ हजार ४ सय भन्दा बढी संक्रमित भएको छ । भने अमेरीका र अन्य संक्रमित देशको तुलनामा मृत्यु दर भने त्याहाँ कम रहेको छ । जर्मनीमा अहिले सम्म १९ सय ८३ जनाको मृत्यु भएको छ ।
त्यस पछि स्पेनमा मृतकको संख्या करीब ११ हजार पुगेको छ भने संक्रमित एक लाख १७ हजार बढी रहेका छन् ।
त्यस पछि संक्रमितको संख्यामा चीनलाई जर्मनीले उछिनेर ९० हजार पुगेको छ । यद्यपि, मृत्यु भने जर्मनीमा कमै रहेको छ । जहाँ १२ सय ३४ जनाको मृत्यु भएको छ ।
त्यसै गरी फ्रान्समा ६ हजार ५ सय ७ जनाको मृत्यु भएको छ भने ६५ हजार बढी संक्रमित छन् ।
यस्तै ईरानमा मृतकको संख्या ३९ सय नजिक पुगेको छ भने संक्रमित ६२ हजार भन्दा माथि छ । कोरोना शुरु भएको चीनमा ८२ हजार संक्रमित र ३३ सय ३५ को मृत्यु भएको थियो । तर पछिल्लो समय त्याहाँ नँया मृत्यु नभएको चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।
त्यस पछि टर्की, बेल्जियम,स्वीजरल्याण्डमा पनि कोरोनाको संक्रमण र मृत्यु बढ्दै गएको छ । यसै गरी एशिया, अफ्रीका, ल्याटीन अमेरीका लगायतका महादेशमा यसको संक्रमण विस्तार भईरहेको छ ।
यता छिमेकी मुलुक भारत र पाकिस्तानमा पनि कारोना तीव्र मात्रामा बढीरहेको छ । भारतमा मंगलबार एकै दिन २२ जना समेत गरी कुल एक सय २४ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । संक्रमितको संख्या पनि बढेर करीब ४८ सय पुगेको छ । त्यस्तै पाकिस्तानमा पनि ४ हजार ३७ जना संक्रमित छन् भने ५७ जनाको मृत्यु भएको छ । भारतमा २१ दिन लामो लकडाउन जारी छ भने पाकिस्तानमा लकडाउन गरिएको छैन औपचारीक रुपमा ।
कोरोना महामारीले ठूलो विनाश निम्त्याईरहेको र यो दोस्रो विश्व युद्ध पछिको सबै भन्दा ठूलो विपत्ती भएको राष्ट्रसंघले बताउदै आएको छ ।
– एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु