कोरोनाबाट ९६ हजारको मृत्यु , १६ लाख संक्रमित
काठमाडौं, २८ चैत । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा झण्डै ९६ हजार व्यक्तिको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १६ लाख नाघेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएको हो । सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार नाघेको छ । त्यहाँ १६ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । १६ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख ५६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार २ सयभन्दा धेरै छन् भने स्पेनमा १५ हजार ४ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५३ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ४३ हजार नाघेको छ ।
फ्रान्समा मृतकको संख्या १२ हजार २ सय नाघेको छ । बेलायतमा करिब ८ हजारको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४१ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३६ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २६ सय नाघ्दा बेल्जियममा २५२३, नेदरल्याण्डस्मा करिब २४ सय छ । भारतमा २२६ जनाको मृत्यु हुँदा ६ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् । – एजेन्सी